+
+

स्वास्थ्य प्रणालीलाई सबलीकरण गर्ने डब्लुएचओका दक्षिणपूर्वी एसियाली मुलुकको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १७:४९

२२ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाली मुलुकहरुले स्वास्थ्य प्रणालीलाई पुनः अभिमुखीकरण गर्ने र सबलीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीहरूको उत्थानशीललाई थप सबलीकरण गर्ने ती मुलुकहरुले मन्त्रीस्तरीय प्रतिबद्धता घोषणा गरेका हुन् ।

७४औं क्षेत्रीय समितिको बैठक अन्तर्गत मन्त्रीस्तरीय गोलमेचमा बोल्दै डब्लुएचओ दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन्, ‘प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसंख्यालाई समेट्ने मजबुत स्वास्थ्य प्रणालीहरूले जनतालाई थप स्वस्थ, उत्पादक र आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्दछन् । उत्थानशील स्वास्थ्य प्रणालीहरू आपतकालीन तत्परता र प्रतिकार्यका आधारशिला हुन् र यस्ता प्रणालीहरुले प्रकोपका घटना हुँदा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु रहेको सुनिश्चित गर्न मद्दत गर्दछन् ।’

मन्त्रीस्तरीय गोलमेचमा अनुमोदन गरिएको उक्त घोषणामा सदस्य राष्ट्रहरूले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक राजनीतिक नेतृत्व र जवाफदेहिता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘महामारीले स्वास्थ्यमा, विशेषगरी प्राथमिक स्वास्थ्य सेवाको तहको जनशक्तिमा लगानी गर्नुको महत्व तथा अत्यावश्यकतालाई प्रष्ट पारिदिएको छ । जनस्वास्थ्यसम्बन्धी आपतकालको समयमा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न र उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्नका लागि सुपथ, प्रभावकारी, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रा आवश्यक पर्ने कुरा पनि यस महामारीले देखाएको छ,’ क्षेत्रीय निर्देशकले भनिन् ।

प्रभावित समुदायका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न सदस्य राष्ट्रहरूले जनस्वास्थ्य आपतकाल र विपद् जोखिम व्यवस्थापन सम्बन्धी रणनीतिलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमति पनि जनाएका छन् ।

यसैगरी, सदस्य राष्ट्रहरूले परम्परागत औषधि प्रणालीहरूको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्ने सहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?