+
+

नेपाल र बंगलादेशकाे महिला फुटबल टिमबीच आज मैत्रीपूर्ण खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते ११:५६

२४ भदौ, काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता बिहीबार हुँदैछ । यसै खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ ।

उमेर समूहको टिमले दशरथ रंगशालामा खेले पनि सिनियर टिमले भने ३५ वर्षको इतिहासमा पहिलो पटक खेल्न लागेको हो ।

यस्तै पहिलो पटक महिला टिमले विदेशी प्रशिक्षकको प्रशिक्षणमा खेल्द‌ैछ । अष्ट्रेलियन ग्यारी फिलिप्सको आगमनपछि महिला टिमले पहिलो खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेका नेपालले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलले छनोटमा सहयोग पुग्ने विश्वास लिएको छ ।

नेपाली टिम मुख्य स्ट्राइकर सावित्रा भण्डारीविना पहिलो पटक खेल्दैछ । घुँडामा चोट लागेपछि कतारमा गएर शल्यक्रिया गराएकी सावित्रा हाल  आराम गरिरहेकी छन् ।

प्रशिक्षक ग्यारीले नयाँ खेलाडीका लागि यो खेल अवसर हुने बताएका छन् । नेपाली टिममा यसपटक ७ नयाँ अनुहार छन् ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। त्यसका लागि एन्फाले सामान्य प्यारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य राखेको छ ।

टिकट प्रभु पे बाट किन्न सकिने एन्फाले जनाएको छ । यस्तै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?