+
+

दराजले ल्यायो ग्राहकका लागि ‘जेम्स’ सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १३:२१

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च गरेको छ ।

यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एप मार्फत भौचर कमाउने मौका प्राप्त गर्नेछन् । जेम्स भनेको ग्राहकका लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो ।

ग्राहकहरुले जेम्स कलेक्ट गरी भौचरका लागि रिडिम गर्न सक्नेछन् र त्यो भौचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरु तीन फरक तरिकाबाट जेम्स कमाउन सक्नेछन् । दराज एपमा हरेक दिन लगिन गरी, दराजबाट सामान खरिद गरी वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरु पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिन्छ ।

यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नयाँ सुविधा प्राप्त गर्नको लागि ग्राहकहरुले दराज एप अपडेट गर्नु पर्ने छ । दराज जेम्सको भरपुर उपयोग गर्नको लागि ग्राहकहरु हरेक दिन दराज एप मार्फत दराज जेम्सको होम पेजमा जानु पर्नेछ । त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्र नभई आफूसँग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् ।

प्रयोगकर्ताहरु सजिलैसँग दराज एपमा दैनिक लग इन गरेर दिइएको जेम्स कलेक्ट गरेर आफ्नो जेम्सको संख्या ४ सय गुणा कमाउन सक्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?