+
+

भारतमा किन चर्चामा छ ट्रान्सजेन्डर मोेडलले खेलेको ज्वेलरी विज्ञापन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १५:१२

भारतमा एक ज्वेलरी ब्रान्डको विज्ञापन पछिल्लो केही दिनयता निक्कै नै चर्चामा छ । यो विज्ञापनमा एक ट्रान्सजेन्डर मोेडलले अभिनय गरेकी छिन् । यो विज्ञापन चर्चामा रहनुको कारण ती मोेडल र यसको बिषय हो ।

एक मिनेट ४० सेकेन्ड लामो यो विज्ञापनमा एक ट्रान्सवुमनकोे कथा भनिएको छ । एक किशोरी जसको आँखामा आँशु छ, जसलाई आफू माथि नै भरोसा छैन जोे पछि एक सुन्दर र आत्मविश्वासी दुलहीको रुपमा कसरी बदलिन्छिन् भन्ने कथा विज्ञापनमा छ ।

२२ बर्षकी मिरा सिंघानिया रेहानीले यो विज्ञापनमा मुख्य भूमिकामा काम गरेकी छिन् । केरलको ‘भीमा ज्वेलरी’को विज्ञापनले मिराकै कारण चर्चा पाइरहेको छ । यो विज्ञापनमा एक ट्रान्स गर्ललाई उसको परिवारले दिएको माया र स्विकार्यतालाई देखाउने कोशिश गरिएको छ ।

यो विज्ञापनको शिर्षक नै ‘प्यार जस्तै शुद्ध’ राखिएको छ । मिरा दिल्ली यूनिभर्सिटीमा सोशियोलोजीको विद्यार्थी हुन् । २ बर्ष अगाडि उनी आफ्नो परिवारबाट अलग बस्न थालेकी थिइन् । जब पहिलो पटक मिराले यो विज्ञापनको बिषयमा सुनिन्, त्यतिबेला उनको मनमा थुप्रै सन्देह थियो । उनले बीबीसीसँग भनेकी छिन्–‘म कहिल्यै पनि आफ्नो पहिचानलाई व्यवसायिक रुपमा प्रयोग गरेको हेर्न चाहन्नथेँ । म यो कुरालाई लिएर निक्कै नै नर्भस थिएँ । यो विज्ञापनमा मेरो जिन्दगीमा आएको परिवर्तनालाई देखाउने कुरा थियो । परिवर्तन अगाडि मलाई यस्तो एक यूवकको भूमिकामा देखिनु थियो, जसको गालामा दाह्री थियो ।’

मिराले यो विज्ञापनको कथा पढेपछि र निर्देशकको बारेमा वुझेपछि भने आफ्नो सोच परिवर्तन भएको बताएकी छिन् । अहिले आफू यो विज्ञापनमा अभिनय गर्न पाएकोमा खुशी भएको मिराको भनाई छ । यो विज्ञापनमा काम गर्दा मिराले आफूसँग आफैलाई सहज महशुश गर्न सहयोेग मिलेको समेत बताएकी छिन् ।

यो विज्ञापन सार्वजनिक भएपछि कम्पनीलाई घाटा समेत हुन सक्छ भन्नेमा कम्पनीका मालिक जानकार थिए । तर, विज्ञापन सार्वजनिक भएपछि गाली कम र ताली धेरै मिलेको छ ।

भारतीय चलचित्रमा ट्रान्सजेन्डर मानिसहरुलाई हाँस्य कलाकारको रुपमा मात्र प्रस्तुत गरिएको छ । तर, यो विज्ञापन गेम चेन्जर हुन सक्ने विश्लेषण धेरैको छ । विज्ञापन बारम्बार घरमा बसेर मानिसहरुले हेर्ने भएकाले पनि यस्ता खालका बिषयले परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा मिरा र यो कम्पनीलाई छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?