+
+

अफगानिस्तानका क्रिकेट कप्तान रासिद खानले दिए राजीनामा, अब नावीले कप्तानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १२:२८

२५ भदौ, काठमाडौं । आगामी अक्टोबर-नोभेम्बरमा हुने टी२० विश्वकपका लागि बिहीबार अफगानिस्तानको टोली घोषणा भयो । अफगानिस्तान क्रिकेट बोर्डले रासिद खानको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको थियो ।

तर कप्तानको रुपमा आफू पनि छनोट कमिटीमा हुनुपर्ने भन्दै उनले टिम छनोटमा असन्तुष्ट जनाउँदै कप्तानबाट राजीनामा दिए । त्यसपछि अफगानिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान मोहम्मद नावीले टी२० विश्वकपकमा टिमको कप्तानी गर्ने जनाएको छ ।

यस्तै विकेट किपर ब्याट्स म्यान मोहम्मद शाहजाद पनि टिममा फर्केका छन् । टी२० विश्वकप युएई र ओमानमा अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

सुपर १२ अन्तर्गत अफगानिस्तान समूह बी मा छ । यस समूहमा भारत, पाकिस्तान र न्युजिल्याण्ड छन् । पहिलो चरणको खेलपछि थप दुई टिम यस समूहमा समावेश हुनेछ ।

अफगानिस्तानको टिममा मोहम्मद नावी (कप्तान), नजिबुल्लाह जद्रान (उपकप्तान), रहमनुल्लाह गुर्बाज (विकेटकिपर), हज्रतुल्लाह जजाई, उसमान घानी, अस्गर अफगान, हशमतुलल्ह शाहिदी, रासिद खान, मोहम्मद शाहजाद (विकेटकिपर) मुजि उर रहमान, करिम जन्नत, गुल्बादिन नइन, नभिन उल हक, हमिद हसन, शरफुद्दिन अस्रफ, दवलत जद्रान, शापुर जद्रान र क्वाइस अहमद रहेका छन् ।

यस्तै अफसर जजाई र फरिद अहमद मलिक रिजर्भमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment