+
+

कंगनाको ‘थलाइवी’ हेर्न पनि आएनन् दर्शक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते ११:४६

कोरोना महामारीका कारण डेढ बर्षदेखि बलिउड चलचित्रको रिलिज रोकिएको छ । अरबौ रकम फ्रिज हुँदा बलिउड ठूलो नोक्सानी ब्यहोर्न बाध्य छ । तर, दोश्रो चरणको लकडाउनपछि विस्तारै चलचित्र रिलिजको क्रम अघि बढेको छ भने हलहरु पनि खुल्न थालेका छन् ।

शुक्रबारबाट रिलिज भएको बलिउड चलचित्र ‘थलाइबी’ले हलसम्म दर्शक तान्ने अपेक्षा बलिउड पण्डितहरुको थियो । यो चलचित्रमा नायिका कंगना रनावतको मुख्य भूमिका छ । भारतकी महिला राजनीतिज्ञ जय ललिताको बायोपिकमा आधारित यो चलचित्रले बक्स अफिसमा भने खासै गतिलो ओपनिङ गर्न सकेन ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रले हिन्दी भाषामा २० देखि २५ लाखको मात्र कमाई गरेको छ । यस्तै, अन्य ४ भाषामा चलचित्रले ८० लाखको कमाई गरेको छ । पहिलो दिन भारतभर यो चलचित्रले १.२५ करोड कमाई गर्यो ।
यसअघि नायक अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’को ओपनिङ कलेक्शनलाई पनि यो चलचित्रले उछिन्न सकेन । ‘बेल बटम’ले पहिलो दिन २.७५ करोडको व्यापार गरेको थियो ।

यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्न नसक्नुको कारण केही हलमा मात्र रिलिज हुनु हो । यो चलचित्रलाई पीभीआर, इनोक्स, सिनेपोलिस लगायतका मल्टिप्लेक्स चेनहरुले रिलिज हुन मानेनन् । यो चलचित्र २ हप्तापछि ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?