+
+

जापानका खोपमन्त्री प्रधानमन्त्रीको दौडमा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १२:३०

२७ भदौ, काठमाडौं । जापानका खोपमन्त्री तारो कोनो जापानको आगामी प्रधानमन्त्रीमा बलियो उम्मेदवारको रुपमा देखिएका छन् । एक सार्वजनिक सर्वेक्षणले उनी सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टीको प्रमुख बन्ने बलियो सम्भावना रहेको सर्वेक्षणमा सहभागीले बताएका छन् ।

जापानको निक्की समाचारपत्रले सार्वजनिक गरेको मतसर्वेक्षणअनुसार २७ प्रतिशतले अब पार्टीको प्रमुखमा कोनो हुनपर्ने बताएका छन् ।

शनिबार प्रकाशित गरिएको नतिजा अनुसार एलडीपी पार्टीका महासचिव शिगेरु इशिबाले १७ प्रतिशत मतको समर्थन पाएका छन् भने पूर्व रणनीति प्रमुख फुमिओ किशिडा १४ प्रतिशतको समर्थनसहित तेस्रोमा छन् । पूर्व गृहमन्त्री सानी टकाइचीले भने ७ प्रतिशतको समर्थन पाएका छन् ।

कोनोले जापानको प्रशासनिक सुधार मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । उनले शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । यसअघि नै किशिडा र टकाइचीले उम्मेदवारी घोषणा गरिसकेका छन् । इशिबा पार्टीको प्रमुखको उम्मेदवार नहुन सक्ने अर्को एक सञ्चारमाध्यमले बताएको छ ।

जापानका प्रधानमन्त्री येसुहिडे सुगाले यसअघि नै आफू आगामी पार्टीको निर्वाचनमा नठ्ने र प्रधानमन्त्री पदबाट पनि राजीनामा दिने बताइसकेका छन् । जापानमा सत्तारुढ पार्टीको आन्तरिक निर्वाचनपछि आगामी नोभेम्बरमा आम निर्वाचन पनि हुँदैछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?