+
+

पानीमा भिज्दै विप्लवको सम्बोधन : एमसीसी कुनै हालतमा लागु हुन दिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १६:०३
फाइल तस्वीर ।

२८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् ।

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा पानीले भिन्दै सम्बोधन गरेका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने बताएको सुनाए । उनले अघि भने, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनले बताए । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए ।

उनले अघि भने, ‘आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?