+
+

चितवन र मकवानपुरको सीमा क्षेत्रमा स्थानीयले बन्द गराएको राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते ९:४१

२९ भदौ, चितवन । बनाएको सडक एक महिना पनि नहुँदै भत्किएको भन्दै चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा स्थानीयले अबरुद्ध गरेको राजमार्ग खुलेको छ ।

समस्याका विषयमा छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने सहमति भएपछि राजमार्ग खुलेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार स्थानीयले ड्रम र टायर राखेर आज बिहान ८ बजेबाट राजमार्ग अबरुद्ध पारेका थिए ।

राजमार्ग बन्द हुँदा चितवनतर्फ आउने र हेटौंडा भएर जाने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका थिए ।

लोथरखण्डको चितवन र मकवानपुर दुवैतर्फ राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिगिएको सडक गत असारमा बने पनि अहिले पुनः बिग्रिएको छ । चितवनतर्फको लोथरखण्डमा भने बिग्रिएको सडक बनाइएकै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?