+
+

असोज १ गतेदेखि पोखराका स्कुल खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १५:४७

३० भदौ, पोखरा। पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक स्कुलहरु असोज १ देखि खुल्ने भएका छन् । महानगरको नगर शिक्षा समितिको आइतबार बसेको बैठले स्कुल खोल्न दिने निर्णय गरेको हो ।

पोखरा नगरपालिकाले जारी गरेको सूचना अनुसार स्कुल सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ ।

‘विद्यार्थी धेरै भएका विद्यालयल भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सक्ने,’ जारी सूचनामा भनिएको छ, ‘भौतिक दूरी कायम गरेर सबै कक्षा एकैचोटि सञ्चालन गर्न असम्भव भएमा फरकफरक दिनमा कक्षा कोठामै पठनपाठन गराउन सकिने छ ।’ विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ ।

विद्यालय खुले पनि नियमित प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कार्यक्रम नगर्न महानगरको सूचनामा उल्लेख गरिएको छ । गण्डकीका बागलुङ, पर्वत, म्याग्दी लगायत जिल्लालेसमेत असोजदेखि भौतिक उपस्थितिमा नियमित पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् ।

पोखरामा बुधबारसम्म ८ सय ७८ जना कोरोनाका सक्रिय संक्रमित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हालसम्म कास्कीका ५ सय ७३ जना संक्रमितको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?