३१ भदौ, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी-२० विश्वकपपछि टी-२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् ।
विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय टिमको तीनै फम्र्याटको कप्तान छन् ।
विराटले वर्क लोड कम गर्न टी-२० को कप्तानी छाडेर टेष्ट र एकदिवसीयमा केन्द्रित हुने जानकारी दिएका छन् ।
अब हाल उपकप्तान रहेका रोहित शर्माले टी-२० टिमको कप्तानी गर्ने सम्भावना छ ।
प्रतिक्रिया 4