काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले पहिले अग्रता लिए पनि मिलानले बराबरी गरेको हो ।
खेलको चौथो मिनेटमै अल्भारो मोराटाले पाउलो डिबलाको पासमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो ।
तर ७६औं मिनेटमा एन्टे रेबिकले एसी मिलानका लागि बराबरी गोल पर्काए । उनले सान्ड्रो टोनालीको पासमा गोल गरे ।
बराबरीपछि एसी मिलालने ४ खेलबाट १० अंक जोडेको छ । शीर्ष स्थानको इन्टर मिलान समान १० अंक भए पनि गोल अन्तरमा पछि रहेको एसी मिलान दोस्रो स्थानमा छ ।
सिजनको दोस्रो बराबरीपछि ४ खेलबाट २ अंक जोडेको युभेन्ट्स १८औं स्थान अर्थात रेलिगेसन जोनमै छ ।
प्रतिक्रिया 4