+
+

लोक सेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७८ असोज ४ गते १२:१२

४ असोज, काठमाडौं । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् ।

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन ।

नतिजाको प्रतीक्षामा रहेकाहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?