+
+

म्युजिक भिडियो निर्देशनमा व्यस्त मदन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:११

मदन खड्काले यसवर्ष झण्डै एक दर्जन तीज गीतको भिडियो निर्देशन गरे । तीज सकिएसँगै उनले केही दशैं तिहार गीतको निर्देशन सकिसकेका छन् । त्यसमध्ये दुईवटा दशैं गीत सार्वजनिक समेत भैसकेका छन् । ‘अझै केही दशैं तिहार गीतको छायाँकन गर्नुपर्ने छ । त्यसबाहेक अन्य गीतहरुको निर्देशनमा पनि व्यस्त छु’ उनले सुनाए । सोमबारमात्रै उनको निर्देशन रहेको दशैं गीत ‘ह्याप्पी दशैं’ सार्वजनिक भएको छ ।

यस गीतमा देवी घर्ती, राजु ढकाल, रविन लामिछाने र अस्मिता डल्लाकोटीले स्वर दिएका छन् । गीतमा सन्तोष पन्तको शब्द÷संगीत, चेतन गोतामेको एरेन्ज छ । गीतको भिडियोमा सन्तोष पन्त, सुष्मा ढकाल, फिलिप देवकोटा, अस्मिता डल्लाकोटी लगायतको अभिनय छ ।

विरेन्द्र भट्टको छायाँकन रहेको भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका हुन् । यस गीतले दशैं आउँदा हुने उमंग र उत्साहलाई प्रस्तुत गरेको छ । निर्देशक मदन केही वर्षदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । उनको निर्देशनमा सयौंको संख्यामा म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?