+
+

कोन्काकाफ लिगको खेलमा ६० वर्षीय उपराष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १७:१४
Photo Credit : Getty Images

६ असोज, काठमाडौं । दक्षिण अमेरिकाको सुरिनेम मुलुकका उपराष्ट्रपति रोनी ब्रुनस्विज्कले मंगलबार कोन्काकाफ लिगअन्तर्गतको एक खेल खेलेका छन् । मंगलबार ओलिम्पियाविरुद्ध इन्टर मोएङगोटापोको तर्फबाट उनले ५४ मिनेटसम्म खेलेका थिए । ब्रुनस्विज्क पूर्व विद्रोही सिपाही पनि हुन् ।

६० वर्षीय ब्रुनस्विज्क क्लबका मालिक पनि हुन् र टोलीको अध्यक्ष पनि हुन् । मंगलबारको खेलमा उनले टोलीको कप्तानी पनि गरेका थिए । दोस्रो हाफमा भने उनी सब्स्टिच्युट हुँदै मैदानबाट बाहिरिएका थिए । यद्यपि यो खेलमा इन्टर मोएङगोटा ६–० ले पराजित भएको थियो ।

ब्रुनस्विज्क २०२० को जुलाईमा सुरिनेमका उपराष्ट्रपति बनेका हुन् । उनी लामो समयदेखि मुलुकको राजनीतिक क्षेत्रका प्रमुख व्यक्तिको रुपमा रहँदै आएका छन् । सन् १९८५ देखि सुरु भएको गृहयुद्धमा उनी विद्रोही समूहका प्रमुख नेता थिए । १९८६ मा शान्ति सम्झौता भयो र १९९२ मा सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसयता उनी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

ब्रुनस्विज्क मोएङगोटापोका खेलाडी र मालिक पनि हुन् । उनले २००२ मा क्लबको स्टेडियम बनाउन सहयोग गरेका थिए । २००५ मा खेलाडीलाई बन्दुक देखाएर धम्क्याएको अरोपमा उनलाई निलम्बन गरिएको थियो । त्यस्तै २०१२ मा पनि रेफ्रीलाई दुर्व्यवहार गरेको अरोपमा उनी निलम्बनमा परेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?