+
+

माधव–झलनाथको पार्टी बनाउन हाम्रो कम मेहनत परेको छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १४:३४
फाइल तस्वीर

७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए ।

‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उनले भने, ‘तपाईंहरु पनि ….ती साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनुहोला ।

प्रचण्डले विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने दावी गरे ।

‘बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन’ उनले भने ।

प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग सहकार्य गर्न पनि काभ्रेका नेता कार्यकर्तालाई आग्रह गरे । ‘किरणजी विप्लवजी, मोहनबिक्रम सिंह, बाबुरामजीको पार्टीसँग हार्दिकतापूर्वक अन्तर्क्रिया बढाएर लैजानुहोला । हामीले केन्द्रमा बढाइरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?