+
+

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध : देउवा

रासस रासस
२०७८ असोज ७ गते १४:५६
फाइल तस्वीर

७ असोज, पर्वत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस सधैं प्रतिबद्ध रहेको बताएका छन् ।

पर्वतको कुश्माबजारस्थित बीपी स्मृति भवनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताए ।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको भन्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । ‘हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन,’ उनले भने ।

नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने पनि उनले बताए ।

२०६६ कात्तिक ११ गते शिलान्यास गरिएको बीपी स्मृति भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कुल एक करोड ४७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?