+
+

भरतमोहन अधिकारीकी छोरी एकीकृत समाजवादीमा

एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १३:४२

९ असोज, काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् ।

एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् ।

लीमाले ठूलोबुबा मनमोहन अधिकारी र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् ।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले हामीजस्ता राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।’

लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् । लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् ।

ससुरा कृष्ण आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?