+
+

नेपाली फिल्मको माहोल बनाउन हिन्दीकै प्रतिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १२:३९

झट्ट सुन्दा, नेपाली चलचित्रका लागि माहोल बनाउन हिन्दी चलचित्रकै प्रतिक्षा गर्नुपर्ने कुरा आश्चर्यमा पार्ने खालको लाग्छ । तर, कोरोनाको दोश्रो महामारीपछि विस्तारै पुरानै लयमा फर्किन थालेको चलचित्र क्षेत्रका लागि यतिबेला प्रतिक्षा बलिउड चलचित्रको छ ।

कारण, एउटा ठूलो हिन्दी चलचित्र रिलिज भएर माहोल नबनेसम्म नेपाली चलचित्र रिलिज गर्ने जोखिम निर्माताले मोल्न चाहेका छैनन् । यो दशैंमा नयाँ नेपाली चलचित्र रिलिज हुने वातावरण नबन्नुको कारण पनि यही हो । कुनै पनि नेपाली चलचित्रका निर्माताले करोडौं रकम खर्चिएर दर्शक आउने वा नआउने परिक्षण नै गर्न चाहेनन् । यसैले, यो बर्षको दशैंमा पनि हल खाली नै हुने देखिएको छ ।

तर, तिहारमा चलचित्र ‘सूर्यवंशी’ प्रदर्शन हुने भएपछि नेपाली मेकरमा समेत उत्साह छाएको छ । केही दिन अगाडि नायिका केकी अधिकारीले सुरुमा हिन्दी चलचित्र चलाएर दर्शकलाई हलसम्म तान्नुपर्ने तर्क गरेकी थिइन् ।

‘सूर्यवंशी’ रिलिज हुने भएपछि एफडी कम्पनीका प्रमुख तथा निर्माता सुशिल पोखरेलले खुशी हुँदै अब भने माहोल बन्ने आशा व्यक्त गरे । उनले, शुन्यबाट सुरु गरेर फेरि लामो यात्रा तय गर्नुपर्ने तर्क सामाजिक संजालमा गरे । यसबाट पनि के वुझिन्छ भने, नेपाली निर्माता तथा वितरक सुरुमा हिन्दी चलचित्र चलाएर दर्शक तान्ने दाउमा छन् । ठूला हिन्दी चलचित्रले माहोल बनाइदिएपछि नेपाली चलचित्र चलाउँदा फाइदा हुने तर्क उनीहरुको छ ।

तिहारमा हिन्दीसँगै नेपाली चलचित्र पनि रिलिज गर्ने तयारी गरिएको छ । तर, अहिलेसम्म, कुनै पनि निर्माताले तिहारलाई पनि प्रदर्शन मिति तोक्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?