
१३ असोज, धनगढी । कैलालीमा कार्यरत् चिकित्सक र स्वास्थ्यकर्मीसहित २४ जना राष्ट्र सेवक कर्मचारीलाई एक संस्थाले सम्मान गरेको छ ।
‘जसको कोही छैन, त्यसको हामी छौं अभियान नेपाल’ नामक संस्थाले बुधबार जिल्ला समन्वय समितिको कार्यालय धनगढीमा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
‘कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यान हत्केलामा राखेर अरुलाई बचाउँदै आफू पनि बाँच्नुभयो त्यसैले त भेट भयो’ भन्ने नाराका साथ सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलसहितका स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयका कर्मचारीलाई सम्मान गरिएको हो ।
उक्त संस्थाका संयोजक नेत्र भण्डारीले चिकित्सक, स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीले महामारीका बेला पु¥याएको योगदानको कदरस्वरुप प्रशंसापत्रसहित सम्मान दिइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4