+
+

महोत्तरीमा महिलाको शंकास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १९:००

१६ असोज, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–२ बखरी टोलकी ३५ बर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई युवकले ती महिलालाई गत बुधबार बिहान घरमा सुतिरहेकै अवस्थामा उठाएर लगेका थिए । उनीहरुले झण्डै २ घण्टापछि बेहोस अवस्थामा घरमै छाडिदिएको परिवारजनको भनाइ छ ।

बेहोस भएकी ती महिलालाई परिवारजनले बिहीबार गाउँमै उपचार गराएका थिए । तर, होस नखुलेपछि सोही दिन प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार राति नै मृत्यु भएको परिवारजनलाई उधृत गर्दै प्रहरीले जनाएको छ । परिवारले भने सामूहिक बलात्कारबाट महिलाको मृत्यु भएको बताएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले घटना शंकास्पद देखिएको बताए । शरीरको बाहिरी भागमा चोटपटक देखिएकाले मृत्यु शंकास्पद देखिएको तर पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसक्ने उनको भनाइ छ ।

डीएसपी विष्टले मोटरसाइकलमा ती महिलालाई लिएर जाने व्यक्तिको पहिचान भइसकेको र खोजी भइरहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?