+
+

दीपिका, अनुष्का जस्ता सफल नायिका किन चलचित्र बनाइरहेका छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १२:०३

पुरुष प्रधान हिन्दी चलचित्र उद्योग अब विस्तारै लैङ्गिक समानतातर्फ अगाडि बढिरहेको छ । साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगण, रणवीर कपुर जस्ता नायकहरु चलचित्रमा अभिनयसँगै निर्माणमा पनि अगाडि आएको लामोे समय भैसकेको छ । अब, यो कुरामा नायिकाहरु पनि पछि छैनन् ।

बलिउडमा राम्रो उचाई बनाएकी नायिका अनुष्का शर्माले कर्नेश शर्माकोे साथमा मिलेर ‘क्लिन स्लेट फिल्मस्’ नामक प्रोडक्शन हाउस संचालनमा ल्याइसकेकी छिन् । उनले यो ब्यानरबाट ‘एनएच १०, फिल्लौरी र बुलबुल’ जस्ता चलचित्र बनाइसकेकी छिन् ।

हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी नायिका प्रियंका चोपडाले ‘पर्पल पेबल्स पिक्चर्स’ नाममक प्रोडक्शन हाउस संचालनमा ल्याएर हिन्दी र क्षेत्रिय चलचित्र निर्माण गरिरहेकी छिन् ।

यस्तै, अर्की नायिका दीपिका पादुकोेणेले ‘का प्रोडक्शन’ खोलेर ‘छपाक’ जस्तो चलचित्र बनाइसकेकी छिन् । यस्तै, नायिकाहरु आलिया भट्ट, तापसी पन्नु, कंगना रनावत, करिना कपुर लगायतका नायिकाहरुले पनि निर्माता बन्ने घोषणा गरिसकेका छन् ।

यो शैलीलाई सकारात्मक रुपमा हेरिरहेका इतिहासकार एस एम एम औसजा नायिकाहरुले पनि नायकसँग बराबरी गरिरहेको तर्क गर्छन् ।

चलचित्रको व्यापारिक पाटोको बिषयमा जानकारी राख्ने अतुल मोहन भन्छन्–‘आजका कलाकारहरु निक्कै नै चतुर छन् । उनीहरु पैसा कसरी कमाउने भन्ने बिषयमा निक्कै नै सोच राख्छन् । भविष्यको बारेमा सोचेर नै नायिकाहरुले यो कदम उठाएका हुन् ।’

उनका अनुसार, केही बर्ष पहिलेसम्म चलचित्र निर्माण भएर हलमा मात्र रिलिज हुने गर्दथ्यो । तर, अब चलचित्रको कमाइको आँकडा मात्र बदलिएको छैन रिलिज हुने प्लेटफर्महरु पनि बदलिएका छन् । अतुलका अनुसार, निर्मातालाई स्याटेलाइट, डिजिटल, अडियो, ओभरसिज, ओटीटी लगायतका स्थानबाट पैसा आउने बाटो खुलेको छ ।

आजका नायिकाहरु चलचित्रमा नायकको वरिपरी मात्र घुम्दैनन्, बरु उनीहरु सिंगो चलचित्र नै बोक्ने हिम्मत राख्छन् ।

विश्लेषक अतुल मोहनका अनुसार, आजकल चलचित्रमा कलाकारको अभिनय र कथा हेरिन्छ । यसैले, यस्ता फरक कथामा स्टार नायक–नायिकाले चलचित्र बनाउने निर्णय गर्दा ठूला ठूला निर्माण कम्पनीले साथ दिएका छन् । अनुष्काले चलचित्र बनाउँदा उनलाई जैसिक एरोसले साथ दिएको थियो भने फक्स स्टूडियोले दीपिकाले ‘छपाक’ बनाउँदा साथ दिएको थियो ।

विश्लेषकहरुका अनुसार, नायिकाहरुले अन्य ब्यानरबाट बन्ने चलचित्रमा आफूले चाहेको कथामा काम गर्न पाउँदैनन् । तर, आफूले नै लगानी गर्दा कथा रोज्ने अधिकार निर्मातामा हुन्छ । यसरी कथा रोज्दा उनीहरु आफूले काम गर्न चाहेको फरक कथा रोजिरहेका छन् र उनीहरुलाई ठूला स्टूडियोले साथ दिइरहेका छन् । तर, विश्लेषकहरुका अनुसार स्टारले चलचित्र बनाउँदैमा उनीहरुको पारिश्रमिक कम नहुने बताउँछन् । चलचित्र हलमा रिलिज हुँदा र ओटीटीमा रिलिज हुँदा आफ्नैै चलचित्रबाट कती लिने भन्ने निर्णय स्टारहरुले गर्ने गर्दछन् ।

तर, नायिकाहरुले चलचित्र बनाउन थालेको यो ट्रेन्ड नयाँ भने होइन । नायिका फातिमा बेगमले आफ्नो करिअर उर्दु मञ्चबाट सुरु गरेकी थिइन् । नायिका आर्देशिर इरानीले ‘वीर अभिमन्यू’बाट अभिनयमा करिअर सुरु गरेकी थिइन् ।

यसपछि, उनले सन् १९३१ म इम्पिरियल कम्पनी सुरु गरिन् र भारतको पहिलो साउन्ड चलचित्र ‘आलम आरा’को निर्माण गरेकी थिइन् ।

सन् १९२८ मा फातिमा बेगमले फात्मा फिल्मस् नामक प्रोडक्शन हाउस संचालन गरेकी थिइ भने नायिका जुबैदाले सन् १९३४ मा महालक्ष्मी सिनेटोन कम्पनी स्थापना गरेकी थिइन् ।

हिन्दी चलचित्रको सुरुवातमा कैयौं नायिकाहरुले निर्माता बनेर विभिन्न बिषयमा आफ्नो भनाई राख्ने गरेका थिए । तर, पछि विस्तारै यो संख्या घट्दै गयो । इतिहासकार अमृत गंगर यसमा समाजमा बढ्दै गएको पितृसतात्मक सोचलाई कारण मान्छन् ।

अहिले नायिकाहरु बक्स अफिसलाई आफ्नो काँधमा बोकेर हिड्ने गरेका छन् । यसले, दर्शकले निक्कै रोचक र फरक खालका कथामा चलचित्र हेर्न पाएका छन् ।

बीबीसी हिन्दीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?