+
+

थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १६:२९

१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ भने ७ लाख ६९ हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३७ जना आईसीयू र १०४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २२२, मोरङमा ६२, कास्कीमा ४६, झापामा २८, रुपन्देहीमा २५, सुनसरीमा २१, ललितपुरमा २०, नुवाकोटमा १४ र भक्तपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?