+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

नेपाली स्याटेलाइट अन्तरिक्षमा ८४१ दिन रहेर पृथ्वीमा खस्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १९:०२

१८ असोज, काठमाडौं। नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको छ ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा. रविन्द्र ढकालले जापानी समय अनुसार १० बजेर ४१ मिनेट अर्थात नेपाली समय दिउँसो ४ बजेर २६ मिनेटमा खसेको बताए ।

उनले अनलाइनखबरसँग भने,’ नेपाली वैज्ञानिकले बनाएको भू-उपग्रह ‘नेपालीस्याट-१ अन्तरिक्षमा ८४१ दिन रह्यो । अन्तरिक्षमा रहँदा पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो । नेपाली समय अनुसार आज दिउँसो ४ बजेर २६ मिनेटमा पृथ्वीको वायुमण्डलमा खसेको जापानबाट आभास मास्केले गराउनुभएको छ ।’

उनका अनुसार नेपाली स्याट-१सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ भू-उपग्रह पनि खसेको थियो । नेपालीस्याट-१ ले देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना संकलन गर्ने उद्देश्यले पठाइएको थियो ।

‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर २०७६ वैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प्रक्षेपण गरिएको थियो । तर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट-१ सँगै श्रीलंकाको राभाना-१ र जापानको युगुसु भूउपग्रहलाई एकैसाथ २०७६ साल असार २ गते पृथ्वीको कक्षमा छाडिएको थियो ।

जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका थिए । नेपालीस्याट-१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका थिए ।

क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?