+
+

‘रमाइलो जोक्स प्रतियोगिता’को उपाधि दार्जिलिङका अनिललाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १६:५५

 

अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जिलिङका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् । त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् ।

जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जितेका छन् । यस्तै, फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअपले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यो शोका निर्देशक कमल राई हुन् । रिदम स्क्रिनका निर्देशक राईका अनुसार कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो कार्यक्रमको आयोजना गरिएको थियो ।

बुद्धि तामाङ ९हैट०, अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ निर्माणक रहेका कार्यक्रमलाई कोरोना महामारीको समयमा दर्शकले रुचाएको आयोजनले जनाएको छ । प्रतियोगिताको फाइनलको अवसरमा गायिका टिका लामिछाने, कार्यक्रमका निर्देशक कमल राई, गायक तथा कार्यक्रमका स्पोन्सर रोशन अधिकारी, गायक किरण गजमेर, गायिका मञ्जु लामा, गायक प्रनिम राईले प्रस्तुती दिएका थिए ।

त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक तथा नक्षेत्र फाउण्डेसनका सीईओ अर्जुन सुवेदी र उपाधि विजेता अनिल राईले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रमको सञ्चालन अमेरिकामा सुनिता गुरुङले र नेपालमा राधिका कँडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?