+
+

३३ वर्षमै हजुरआमा, यी हुन् बेलायती सबैभन्दा कान्छी बज्यै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १०:४१

अहिले बदलिँदो जीवनशैली तथा करिअरमा ध्यान दिने मानिसहरुको प्रवृत्तिका कारण धेरैले ढिलो बिहे गर्दछन् । अधिकांश मानिसको त ३० वर्षको आसपासमा मात्र बिहे हुन्छ । तर बेलायतमा एकजना युवती चाहिं ३३ वर्षको उमेरमै हजुरआमा बनेकी छिन् ।

बेलायतकी जेनी मेडलम तथा उनका पति रिचार्ड हालै हजुरआमा र हजुरबा बनेका छन् । जेनीको उमेर ३३ वर्षको छ भने रिचार्ड ३४ वर्षका भए । उनीहरूकी १६ वर्षकी छोरीले गत जून महिनामा बच्चा जन्माएकी हुन् ।

३३ वर्षकै उमेरमा हजुरआमा बनेकी जेनीले सोसल मिडियामा निकै चर्चा कमाएकी छिन् । कतिपयले उनको ट्रोल पनि गरिरहेका छन् ।

जेनीले आफ्नी नातिनी इस्लासँगको तस्वीर सोसल मिडियामा शेयर गरेसँगै उक्त दम्पतीलाई बेलायतकै सबैभन्दा युवा हजुरबा हजुरआमा भनिएको छ ।

सानै उमेरमा नातिनी देख्न पाउँदा उनीहरु निकै खुसी छिन् ।

द सनमा प्रकाशित समाचार अनुसार जेनी पनि १७ वर्षको उमेरमै आमा बनेकी छिन् । छोरी चार्माइनले त जेनीलाई पनि पछाडि पारिन् र १६ वर्षमै बच्चा पाइन् ।

छोरी गर्भवती भएको थाहा पाएपछि आफूले सम्झाइबुझाइ गरेर निकै सहयोग गरेको उनी बताउँछिन् । आफुले १७ वर्षको उमेरमै बच्चा जन्माउनुका साथै व्यवसाय पनि सुरु गरेको जेनीको भनाइ छ ।

जेनीले ३३ वर्षकै उमेरमा नातिनी खेलाउन पाएकी छिन् । तर जब उनले नातिनीसँगको फोटो शेयर गर्छिन् मानिसहरुलाई त्यो पत्याउनै गाह्रो पर्दछ । धेरैले उनलाई आमाछोरी भन्दछन् ।

३३ वर्षकी जेनी तीन छोरीकी आमा हुन् । बच्चा जन्माइसकेकी जेठी छोरी चार्माइन १६ वर्षकी भइन् भने माइली छोरी चेल्सी १३ वर्ष र कान्छी स्कार्लेट १० वर्षकी भइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?