+
+

भोलिदेखि अदालतमा दशैं विदा

बन्दी प्रत्यक्षीकरण रिटको भने सुनवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १४:०६

२० असोज, काठमाडौं । बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा शुरु हुँदैछ । असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

अन्य सरकारी कार्यालयमा घटस्थापनासमेत ६ दिन सार्वजनिक विदा हुने गर्छ । तर अदालतमा भने १५ दिन विदा हुने गर्छ । तर दशैं विदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ ।

घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिनमा बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न विहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने उपरजिस्ट्रार ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?