+
+

अंग्रेजी फिल्म रिलिज गर्दै आजबाट खुले हल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १२:०३

विगत साढे ५ महिनादेखि बन्द रहेका देशभरका हलहरु आजबाट संचालनमा आएका छन् । हल संचालनका लागि काठमाडौं उपत्यकामा प्रशासनले अनुमती दिएको करिब एक महिना भएको छ । मोफसलका विभिन्न जिल्लामा भने जिल्ला प्रशासनको अनुमती पाएसँगै हलहरु सुचारु भएका हुन् ।

आजबाट देशभर हल खुलेपनि दर्शकको उपस्थिती भने अपेक्षित छैन । आजबाट देशभरका हलमा अंग्रेजी चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ रिलिज गरिएको छ । यो चलचित्रलाई दर्शकले इन्टरनेटमा हेरिसकेकाले पनि हलमा बाक्लो उपस्थिती नभएको हुनसक्छ ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले छाया सेन्टर, सिभिल मल, लबिम मल, भक्तपुर र विराटनगर गरी यो चलचित्रलाई १३ शोज दिएको छ । असोज २६ गतेबाट भने दर्शकले हलमा नेपाली चलचित्र ‘डाँडाको वर पीपल’ हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?