+
+

दशैंमा सुबिसुको ‘दक्षिणा अफर’ : इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १८:२५

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले दशैंको अवसरमा ग्राहकका लागि सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु. १३,९९९ मै प्राप्त हुने कम्पनीले जनाएको छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्नेछन्।  वार्षिक सेवाको भुक्तानी ई–सेवा मार्फत गर्दा ग्राहकले थप एक हजार क्यासब्याक प्राप्त हुने हुँदा ग्राहकले भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्ने कम्पनीले बताएको छ ।

चाडपर्वलाई लक्षित गरी गुणस्तरीय सेवा सहुलियत मूल्यमा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर ल्याइएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?