+
+

सानिमा बैंकको थप तीन ठाउँमा शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १६:२०

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौं, भक्तपुर र कपिलवस्तुमा आफ्नो शाखा विस्तार गरेको छ ।

बैंकका अनुसार असोज २१ गतेदेखि कपिलवस्तुको जीतपुरमा तथा असोज २२ गतेदेखि काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा विस्तार गरेको हो ।

जीतपुर शाखाको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालज्यूले संयुक्त रुपमा गरेका थिए । शाखाको उद्घाटन गर्दै सांसद पन्थीले जीतपुरका जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।

मध्यबानेश्वर शाखाको उद्घाटन काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रुपमा गरेका थिए भने बोडे शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?