१२ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औं साधारणसभा सोमबार सम्पन्न भएको छ ।
बैंक अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार २०८३ असार मसान्तको साधारण सेयर पूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पूँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड खुद नाफा गरेको थियो भने बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड, कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रहेको छ ।
आव २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश: १०.८४, ११.१९ र १०.५० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालका अनुसार बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत, पूँजीकोष १२.८३, तरलता ३०.६८ र कर्जा निक्षेप अनुपात (मासिक औसत) ८०.७७ प्रतिशत छ ।
प्रतिक्रिया 4