+
+

युट्युबमा ‘द सुपर काजोल फिल्मस्’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते २०:०५

निर्माता भुवन केसी र उनको टिमले ‘द सुपर काजोल फिल्म्स’बाट ‘ड्रिम्स, क्याप्टेन’ लगायतका चलचित्र निर्माण गरिसकेको छ । नेपालकै प्रतिष्ठित ब्यानरको रुपमा स्थापित यो टिमले अब आफ्नै युट्युब च्यानल समेत सुरु गरेको छ ।

‘सुपर काजोल फिल्मस्’कै नाममा सुरु गरिएको च्यानलमा आफूले निर्माण गरेका चलचित्र, ती चलचित्रका गीत, ट्रेलरका साथमा चलचित्र मेकिङका भिडियो तथा विभिन्न सामाग्री सार्वजनिक गर्ने निर्माता तथा निर्देशक भुवन केसीले जानकारी दिए ।

भुवनले नयाँ चलचित्र ‘पारस’ बनाउने तयारी गरेका छन् । विश्वभर नायक भुवन केसी र नायक अनमोल केसीका हजारौं फ्यान छन् । ती फ्यानहरुसँग अझै नजिक हुनका लागि आफूहरुले डिजिटल प्रविधिलाई आत्मसात गरेको भुवनले बताए ।

नेपाली चलचित्रका अधिकांश कलाकारहरुले पछिल्लो समय आफ्नै युट्युब च्यानल संचालन गरिरहेका छन् । तर, निर्माता केसीले भने आफूहरुले यो च्यानलमा व्यक्तिगत बिषयवस्तु सार्वजनिक नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?