+
+

मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार मुकदर्शक : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १४:५४

२३ असोज, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनको उद्घाटन गर्दै उनले आफूले शिलान्यास गरेको औद्योगिक क्षेत्र स्थापनाको काम असफल पार्न खोजिएको आशंका व्यक्त गरे । मोतीपुर औद्योगिक क्षेत्रमा केही महिनायता सुकुम्बासीको नाममा टहरा बनाउने र जग्गा कब्जा गर्ने प्रयास भइरहेको छ ।

प्रहरी प्रशासनले टहरा भत्काइदिने र सुकुम्बासीको नाममा टहरा बनाउने क्रम रोकिएको छैन । गत फागुनमा पौडेलले औद्योगिक क्षेत्र शिलान्याश गर्दा पनि स्थानीयले ढुंगामुढा गरेर कार्यक्रम बिथोलिदिएका थिए ।

आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटले निजी क्षेत्रलाई सम्बोधन गरेको उल्लेख गर्दै पौडेलले अहिलेको सरकारले ती नीति कार्यान्वयन गर्ने तत्परता पनि देखाउन नसकेको उल्लेख गरे ।

नेता पौडेलले बुटवलको ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान खोज्न पनि सरकारलाई आग्रह गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङमार्ग तथा झुम्साखोला खानेपानी आयोजना लगायतका विकास निर्माणका कामलाई अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?