+
+

फ्रान्सले जित्याे नेसन्स लिगकाे उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते ६:४६

२५ असोज, काठमाडौं । फ्रान्सले युईएफए नेसन्स लिग २०२१ काे उपाधि जितेकाे छ । आइतबार राति भएकाे फाइनलमा स्पेनलाई २-१ ले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेकाे हाे ।

इटलीकाे सान सिराेमा भएकाे खेलमा फ्रान्सलले एक गाेलले पछि परेकाे स्थिति उल्टाएर पुनरागमन जित हात पारेकाे हाे ।

मिकेल ओयाजाबालले ६४ औं मिनेटमा गाेल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए ।
तर दुई मिनेट पछि नै करिम बेन्जामाले फ्रान्सका लागि बराबरी गाेल फर्काए । ८० औं मिनेटमा किलियन एमबाप्पेले गाेल गर्दै फ्रान्सलाई जित दिलाए ।

फ्रान्स नेसन्स कपकाे दाेस्राे विजेता हाे । यसअघि २०१९ मा पाेर्चुगलले जितेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?