+
+

धनुषामा पाँच दिनदेखि हराइरहेका व्यक्ति मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १०:२०

२५ असोज, जनकपुरधाम । धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

कमला नगरपालिका वडा नम्बर ३ निवासी नागेश्वर साह गाउँकै नहर नजिकको कल्भर्टमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

गत बिहीबार साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी दिए ।

साह गत बिहीबार श्रीमतीसँगै लगमा बजार गएका थिए । तर लगमा बजारमा आयोजना गरिएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर सो रात घर नआएका उनको खोजी गर्दा शव फेला परेको हो ।

स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्ता थिए । उनी मदिरा पिएर घरतर्फ आइरहेको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मैनालीले बताए ।

घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?