+
+

मानव अधिकार आयोग दशैं बिदामा पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:०५

२५ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालय दशैं बिदामा पनि खुल्ने भएका छन् ।

आयोगले सोमबार प्रेस नोट जारी गरी दशैं, तिहार र छठ पर्वको बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु खुला रहने जानकारी दिएको हो ।

यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने आयोगले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?