+
+

लगानी बोर्डबाट जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:३७

२५ असोज, काठमाडौं । लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बसेको लगानी बोर्डको ४८ औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिब १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजी वृद्धि स्वीकृत गरेको बताए । उनले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

बोर्डको बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालु वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधीन छ । बैठकमा मन्त्रालय र लगानी बोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवर्द्धन गर्न र लगानी गरिएको कुरालाई विद्युत क्षेत्रमा लगानी गर्दा खपतको योजनासहित अघि बढाउनुपर्ने विषयमा छलफल भएको सहप्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?