+
+

‘डाँडाको वर पीपल’को ‘सालैको पातले’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १४:२५

रिलिज हुन भन्दा एक दिन अगाडि चलचित्र ‘डाँडाको वर पीपल’मा समावेश ‘सालैको पातले’ बोलको गीत सार्वजनिक भएको छ । यो चलचित्र भोली मंगलबारबाट हलमा रिलिज हुँदैछ ।

शिव मुखियाको स्वर तथा संगीतमा तयार भएको यो गीतमा नवराज गिरीको शब्द छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।यो चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारको अभिनय छ ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा रामकाजी घिमिरेको लेखन, नवराज गिरीको कथा, मित्र डी गुरुङको सम्पादन, सुशान्त प्रजापतिको छायांकन छ ।
चलचित्रलाई बुढासुब्बा ओर्जिनलका लागि नवराज गिरीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?