+
+

मोरङको कर्सियामा गोली चल्यो, एक जना घाइते

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज २५ गते १६:३३

२५ असोज, विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको छ । कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार गोली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् । लुटपाटका लागि आएको समूहले गोली चलाएको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् ।
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?