+
+

बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १९:१४
प्रतिकात्मक तस्वीर

६ फागुन, काठमाडौं । प्रहरी प्रभाग, बलम्बुमा गोली लागेर दुई जना घाइते भएका छन् ।

इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोतमा गएका थिए । त्यसक्रममा गोली चलेको हो ।

गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।

घटनाबारे तत्काल छानबिन गर्न एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि प्रहरी प्रभाग बलम्बुकै एक जना प्रहरीको घर फर्किने क्रममा प्रहरी भ्यानबाट ओर्लिदा मृत्यु भएको थियो । प्रहरी कार्यालयमा हतियार बुझाएर मात्र घर जानुपर्नेमा उनी हतियार साथीलाई बुझाएर ड्यूटीबाट सिधै घर जान लागेका बेला घटना भएको हो ।

त्यसपछि प्रहरी यसमा आन्तरिक कमजोरीहरु देखिएको भन्दै जाँच गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?