+
+
Shares

बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फेटा गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन्।
  • गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरको शिलालेख तोडफोड गरेपछि अध्यक्ष पक्षधर र विपक्षीबीच झडप भएको थियो।
  • इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए।

१४ कात्तिक, बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।

संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।

गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन । प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक पुष्टि भने गरेको छैन ।

इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए ।

बाराको फेटा गाउँपालिका–३ मा निर्माण भएको स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा विवाद सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।

तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीविरुद्ध उत्रिएको स्थानीयको एउटा समूहले स्वास्थ्य संस्था उद्घाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो ।

गाउँपालिका अध्यक्ष अन्सारीले एमाले कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको बताएका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?