+
+

मुगु दुर्घटनाका १४ घाइतेलाई नेपालगञ्ज लगियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १६:२५

२६ असोज, सुर्खेत । मुगुमा मंगलबार भएको बस दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको विमानबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बस सडकबाट साढे दुई सय मिटर तल खसेको छ । अहिले उद्दार भइरहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी श्रेष्ठको भनाइ छ । घाइतेमध्ये एक जनालाई आफन्तले जिल्ला अस्पताल गमगढी लगेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार नेपालगञ्ज विमानस्थलमा ९ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टर र जहाजमा ल्याइएका घाइतेहरूलाई ती एम्बुलेन्सले अस्पताल पुर्‍याउनेछ । सेनाको हेलिकप्टर उद्दारका लागि सुर्खेतबाट मुगु गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?