+
+

जङ्गी अड्डा पुगे रक्षामन्त्री रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १५:०५

३१ असोज, काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन् ।

रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन् । साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ ।

त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए । साथै नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?