+
+

एनटीसीले ल्यायो अटम अफरः ६ सयमा महिनाभर डाटा र भ्वाइस सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १४:०३

नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डेटा र भ्वाइस प्याक तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ। यो अफर कात्तिक १ गतेदेखि ९० दिन लागू हुने टेलिकमले जनाएको छ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ। यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ रुपैयाँमा ‘अनलिमिटेड अननेट भ्वाइस’ सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ। यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डेटा सेवासमेत लिन चाहेमा ग्राहकले २९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डेटा सेवा ‘एड-अन प्याक’को रुपमा खरिद गर्न सक्ने छन्।

टेलिकमका अनुसार प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा ६४ केबीपीएसको अनलिमिटेड डेटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन ब्यालेन्सको रकम काटिने छैन। यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डेटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड-अन प्याककै रुपमा खरिद गर्न सक्ने जनाइएको छ।

यसैगरी, अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन एक जीबी प्रयोग गर्न सकिने ३० जीबी डेटा सेवाको प्याक ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड-अन प्याक खरिद गर्न सक्ने छन्। यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डेटा सेवा उपलब्ध गराउनेछ। सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड-अन प्याककै रुपमा खरिद गर्न सकिने टेलिकमको भनाइ छ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर

यसमा जम्मा ७९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन एक जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डेटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ। प्रतिदिनका लागि उपलब्ध एक जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड-अन प्याक खरिद गर्न सकिनेछ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर

यसमा जम्मा ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन दुई जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डेटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ। प्रतिदिनका लागि उपलब्ध दुई जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड-अन प्याक खरिद गर्न सकिनेछ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर

यसमा जम्मा १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन चार जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डेटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ। प्रतिदिनका लागि उपलब्ध चार जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड-अन प्याक खरिद गर्न सकिनेछ।

सस्तो प्रिपेड कम्बो प्याक

यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डेटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

यसमा जम्मा ५९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डेटा उपलब्ध हुनेछ। यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड-अन प्याक खरिद गर्न सक्ने छन्।

एफटीटीएच आईपीटीभी अफर

यसैगरी एफटीटीएच आईपीटीभी अफर-२०७८ मा कम्पनीको एफटीटीएचअन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डेटा र टीभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ। यसअन्तर्गत २५ एमबीपीएस व्याण्डविथ वार्षिक जम्मा १५ हजार ९८० रुपैयाँमा प्राप्त हुनेछ। यही सेवा वर्षको ४० एमबिपिएस १७ हजार १०० रुपैयाँ र ८० एमबीपीएस २२ हजार ५०० रुपैयाँमा उपलब्ध हुनेछ। वार्षिक सेवा लिनेका लागि कम्पनीले सेट अप बक्स (एसटीबी) उपलब्ध गराउने टेलिकमले जनाएको छ।

‘यही सेवा तीन महिनाको लागि २५ एमबीपीएसको चार हजार १०० रुपैयाँमा ४० एमबीपीएसको पाँच हजार ५०० रुपैयाँमा र ८० एमबीपीएसको जम्मा सात हजार २०० रुपैयाँमा उपलब्ध हुनेछ। मासिक रुपमा सेवा लिँदा २५ एमबीपीएस एक हजार ४०० रुपैयाँमा, ४० एमबीपीएस एक हजार ८५० रुपैयाँमा र ८० एमबीपीएस जम्मा दुई हजार ४५० रुपैयाँमा उपलब्ध हुनेछ,’ कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?