+
+

राष्ट्रिय निकुञ्ज आसपास फस्टाउँदैछ आतिथ्य उद्योग

अच्युत पुरी अच्युत पुरी
२०७८ कात्तिक १ गते १६:२१

१ कार्तिक, काठमाडौं । पर्या–पर्यटनमा आधारित पर्यटकीय गतिविधि बिस्तार भएसँगै राष्ट्रिय निकुञ्ज आम्दानीको वैकल्पिक स्रोतका रुपमा स्थापित हुन थालेका छन् ।
सरकारले मध्यवर्ती क्षेत्रमा पर्यटकको सेवा–सुविधा उपलब्ध गराउन होटेल, रिर्सोट तथा होमस्टे सञ्‍चालनको अनुमति दिएको छ ।

नेपालका राष्ट्रिय निकुञ्जमध्ये सबैभन्दा बढी व्यस्त निकुन्ज चितवन र बर्दिया हुन् । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८ मा वातावरणीय लेखा–परीक्षणतर्फ यी दुई राष्ट्रिय निकुञ्जबारे अध्ययन गरेको छ ।

अध्ययन अनुसार नेपालको पर्यटन र विदेशी मुद्रा आर्जनमा यी राष्ट्रिय निकुञ्ज निकै सहयोगी बनेको देखिएको छ । साथमा मानव र वन्यजन्तुबीचको द्धन्द्ध भने मूख्य समस्याका रुपमा देखिन थालेको छ । निकुन्ज आसपासमा होटेल, होमस्टे, जीप सफारी, हात्ति सफारी, क्याम्पिङ, र्‍याफ्टिङ, ढुंगा सयरजस्ता गतिविधि सञ्चालनमा छन् ।

कुन निकुञ्‍जमा कति आतिथ्य सेवा ?

 

विवरण

चितवन राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज
संख्या क्षमता (बेड) संख्या क्षमता (बेड)
होमस्टे ८५ ३८९ ६७ २९३
नेचर गाइड १७१ ७६
होटेल-रिर्सोट १६९ ५४०४ २६ ५११

विदेशी पर्यटकको आगमनका दृष्टिकोणबाट चितवन राष्ट्रिय निकुञ्ज तेस्रो मूख्य पर्यटकीय गन्तब्यका रुपमा रहेको छ । पहिलो स्थानमा काठमाडौं र दोस्रो स्थानमा पोखरा पर्छ । कोरोना भाइरसको महामारीभन्दा अगाडी चितवनले मात्र एक वर्षमा ७८ हजार ७ सय ५५ जना तेस्रो मुलुक (सार्कबाहेक)का पर्यटकलाई स्वागत गरेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा भने एक वर्षको अवधिमा ५ हजार विदेशी पर्यटक पुगेको तथ्यांक छ । चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-७७ मा कुल १ लाख ८२ हजार ४ सय ३५ जना आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । यसमध्ये सार्क मुलुकका पर्यटक १४ हजार २ सय ३९ रहेका छन् ।

उता, बर्दिया राष्ट्रिय निकुञ्जले भने एक वर्षको अवधिमा आन्तरिक, सार्क र विदेशी गरि कुल १५ हजार २ सय ६० जना पर्यटकलाई स्वागत गरेको छ । महालेखाले समेत कोभिड १९ महामारी भन्दा अगाडीसम्म निकुञ्जहरुमा पर्यटक आगमन बढ्दै गएको देखिएको बताएको छ ।

संरक्षित क्षेत्रमा हुने पर्यटकीय गतिविधिले जैविक विविधताको संरक्षण, स्थानीय जनताको जीवनस्तर सुधार्न सहयोग, स्थानीय संस्कृतिको सम्वद्र्धन, स्थानीय उत्पादनको उपयोग भने हुनुपर्ने महालेखाले उल्लेख गरेको छ । होटेल सम्बन्धी मापदण्ड २०७० अनुसार पर्यटकीय रिसोर्टहरु घना आवादी भएको क्षेत्रबाट टाढा खोल्नुपर्छ । ढल र फोहोर खुला पानीमा मिसाउन पाइदैन ।

तर बढ्दैछ मानव-वन्यजन्तु द्धन्द्ध

मधयवर्ती क्षेत्र नजिकै मानवीय गतिविधि बढ्ने, निकुञ्जमा वन्यजन्तुको संख्या बढे अनुसार आहारा नपाउँदा जोखिम समेत बढेको अध्ययनले देखाएको छ । महालेखा परीक्षकको वातावरणीय लेखा परीक्षण प्रतिवेदन अनुसार प्राकृतिक वास्स्थानमा खलल पुग्दा, पर्याप्त वासस्थान र आहार नहुँदा वन्यजन्तु बास र आहारको खोजिमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्कने गरेका छन् । वन्यजन्तु बाहिर निस्कँदा बालीनालीमा मात्र नभई मानवीय क्षति समेत हुने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका कारण ५ वर्षमा कति मानिसको मृत्यु ?

क्षति चितवन राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज
७२-७३ ७२-७३ ७२-७३ ७२-७३ ७२-७३ ७२-७३ ७२-७३ ७२-७३ ७२-७३ ७२-७३
मृत्यु १३ १२
घाइते ४६ २८ ३२ ४५ २४ १४

निकुन्ज आसपासका मानिसहरुले तरकारी, घाँस–दाउरा, च्याउ, निगुरोजस्ता वस्तुको खोजीमा जाँदा समेत वन्यजन्तुको आक्रमणमा पर्ने गरेको भन्दै महालेखाले यस्तो अवस्थाबाट जोगाउन भने जनचेतनामा वृद्धि गर्नुपर्ने बताएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७६/७७ मा मात्र वन्यजन्तुका कारण भएको क्षतिको भर्पाईस्वरुप १ करोड ७८ लाख ४६ हजार रुपैयाँ वितरण गरिसकेको छ ।

पर्या–पर्यटनमा कमजोरीको चाङ

निकुन्ज क्षेत्रमा सञ्चालित होटेल, रिर्सोट तथा होमस्टेमाथि निगरानी बढाउन नसक्दा पर्या–पर्यटनमा जोखिमसमेत उत्तिकै देखिएको छ । प्रतिवेदन अनुसार दिगो तथा पर्यावरणमैत्री पर्यटकीय क्रियाकलाप अभिवृद्धि गर्न पर्यटन तथा संरक्षण सम्बन्धी कार्यक्रम संचालन नगरेको देखिएको छ ।

ठोस फोहोर व्यवस्थापन गर्न नदी किनारमा बकेट नराखिएको समेत प्रतिवेदनको निष्कर्ष छ । यी रिर्सोट र होटेलमा स्थानीय खाना, भेषभुषा तथा भाषाको प्रयोग नभएको भन्दै यसले मौलिकता हराउने चिन्ता समेत प्रतिवेदनमा गरिएको छ । स्थानीय स्तरमा खाद्यान्न तथा तरकारीको उत्पादनको प्रयोग समेत हुन नसकेको देखिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?