+
+

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते ११:१८

२ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।

सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले बताए ।

विद्युत प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत नभएकै कारण पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूर्ण रुपमा अवरुद्ध जानकारी दिए । डडेल्धुरामा अप्टिकल फाइबर काटिएकाले पनि थप समस्या भएको बताउँदै न्यौपानेले सेवा सञ्चालनका लागि पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?