+
+

काठमाडौं–विराटनगर उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ८:३८

३ कात्तिक, काठमाडौं । बुद्ध र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्द  गरेका छन् । उडान रद्द हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

त्यसैले बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् ।

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका छन् ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु रद्द भएका थिए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो ।

शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?