+
+
Shares

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिकूल मौसमका कारण काठमाडौंसहित देशभरि हवाई उडान प्रभावित भएका छन् ।
  • भिजिविलिटी समस्याका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् ।
  • तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ भने भरतपुरका लागि तीन उडान रद्द भएका छन् ।

९ असोज, काठमाडौं । काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ ।

जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् । तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भइसकेका छन् ।

पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू डिले भएका छन् । अन्य गन्तब्यमा भने उडान भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भने अहिले सामान्य भइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?