+
+

गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक ९ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १९:५४

४ कात्तिक, काठमाडौं । नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गतेसम्म आयोजना गर्ने भएको छ ।

वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्तासम्म पुर्‍याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्देश्य अनुरुप टेनिस प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस अघि एथलेटिक्स र बक्सिङ्ग आयोजना गर्दै आइरहेकोमा यसपटक टेनिसलाई पनि समावेश गरिएको छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथिको एकल र युगल तथा ६५ वर्ष माथिको एकल र जुनियर तर्फ यू – ८, ९, १०, १२, १४ र खुला छात्र तथा छात्राको विधामा करीब ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिताको लागत करीब २० लाख रहेको आयोजकले जनाएको छ । जसमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ वर्ष माथिका शीर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ वर्ष माथि एकल तर्फका शीर्ष तीनले ३०, १५ र ५, युगल तर्फ २०, १०, १० हजार, ५५ वर्ष माथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ वर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?