+
+

पल–समिक्षाको सम्बन्ध : हावा नचली पात हल्लिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:३१

नेपाली मनोरञ्जन दुनियाँ गसिपमा रमाउँछ । कलाकारका सम्बन्धदेखि पारिश्रमिकका खबरले दैनिकजसो सञ्चारमाध्यम रंगिन्छन् । महिला र पुरुष कलाकारले एकसाथ काम गरेपछि उनीहरुबीच प्रेम सम्बन्धको चर्चा चल्नु नौलो होइन । कतिपय अवस्थामा त चलचित्र निर्माताले चलचित्रको प्रचारका लागि कलाकारबीच प्रेमसम्बन्ध रहेको चर्चा चलाइदिन्छन् ।

केही दिनयता नेपाली चलत्रिच तथा म्युजिक भिडियो बजारमा मोडल पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारीबीचको सम्बन्धको चर्चा छ । पल र समीक्षाको सम्बन्धदेखि बिहेका सम्झौतासम्मका चर्चाहरुले सञ्चारमाध्यम भरिन थालेका छन् । यसले, पल र समीक्षाका फ्यानहरुलाई अचम्ममा त पारेको छ ।

पल र समीक्षाले सम्बन्धको बिषयमा केही पनि बताएका छैनन् । पलले बजारमा चलेका हल्लाहरु सबै गलत भएको र समीक्षा आफ्नो फ्यान भएको जवाफ दिँदै आएका छन् । । समीक्षाले पनि पल शाह जस्तो स्टार कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि अवसर भएको धारणा राखेकी छन् ।

चलचित्र बजारमा समीक्षा र पलबीच बिहे नै गर्ने सम्झौता भएको हल्ला चलेको छ । यो हल्लाबारे उनीहरु स्वय‌ं पनि जानकार छन् ।

बजारमा यस्तो हल्ला चल्न थालेपछि पल र समीक्षा मिडियाबाट तर्किन थालेका थिए । केही समय अगाडि चन्द्रागिरीमा आयोजना भएको एक अवार्ड समारोहमा पनि पत्रकार आउने जानकारी पाएपछि समीक्षा गइनन् । केही दिन अगाडि मात्र एक म्युजिक भिडियोको छायांकनमा पुगेका सञ्चारकर्मीलाई पल शाहले अन्तर्वार्ता दिन अस्वीकार गरेका थिए ।

केही महिनायता पल र समीक्षा नजिक भएको कुरामा दुइमत छैन । पोखरादेखि सुरु भएको पल र समीक्षाको निकटताको चर्चा चितवन हुँदै काठमाडौंसम्म आइपुग्दा सार्वजनिक भएको छ ।

केही मिडियामा सम्बन्धको चर्चा भएसँगै समीक्षाले लामो स्टाटस लेख्दै  पलसँगको प्रेमसम्बन्धी हल्ला कपोलकल्पित भएको बताएकी छिन् ।

समीक्षाले लेखेकी छिन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ । यसका साथै, पलजीको करिअरमाथि आँच आउने किसिमको सस्तो प्रचारबाजी गरिएको छ । यसो नगर्नका लागि म अनुरोध गर्दछु ।’

समीक्षाले यस्ता समाचारले आफूहरुलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्‍याएको पनि उल्लेख गरेकी छिन् । पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको बताउँदै समीक्षाले आफू उनको फ्यान भएको समेत उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?